काठमाडौं : हजारौंको भिडमा सपना पनि हजार नै हुन्छन् । मान्छेको आफनो रुचि अरु जस्तै समान हुन्छ भन्ने हुँदैन । त्यसमाथि पनि अहिलेको विज्ञान, प्रविधि र आविष्कारले भुमण्डलीकृत गराएको विश्वमा मान्छेका चाहना र रहरहरु अनेकन छन् । मान्छेले फरकफरक र नयाँनयाँ फिल्डमा आफनो करियर बनाउन चाहन्छन् । नेपालमा पनि पछिल्ला समय आफना रुची अनुसार फरक क्षेत्रमा भविष्य रोज्ने युवाहरु बेग्रल्ती हँुदैछन् । यस्तै एउटा पात्र हुन्, अच्युत बजगाईं ।
उनको पेशागत क्षेत्र चलचित्र हो । कुनै पनि चलचित्रमा छायांकन गर्न अति नै गाह्रो कुरा समेत हो । छायांकन राम्रो भएन भने चलचित्र नै राम्रो हुँदैन । त्यसमा पनि असम्भव दृष्यहरु भिजुवल इफेक्टको प्रयोग गरि बनाउन सकिन्छ । बिना कुनै धनजनको क्षति, खतरनाक तथा काल्पनिक दुनियाँको दृष्यहरु भिजुअल इफेक्टबाट बनाउन सकिन्छ । हो, त्यही कुराको सर्जक भिजुअल इफेक्ट आर्टिस्ट हुन्, अच्युत बजगाईं ।
आज नेपाली चलचित्रमा यस्तै किसिमको काम गर्ने प्राविधिकहरुको ठुलो माग छ । भिजुअल इफेक्ट आर्टिस्ट बजगाईं वषौँदेखि यस्तै काम गर्दै आइरहेका छन् । उनी नेपाली चलचित्र क्षेत्रमा अब्बल भिज्युअल इफेक्ट आर्टिस्टका रुपमा समेत दरिएका छन् । सानो उमेरदेखि नै बजगाईंंलाई चलचित्रमा एकदमै रुचि थियो । चलचित्र भनेपछि मरिहत्ते गर्ने उनी भन्छन्, ‘फिल्म हेर्न पाएँ भने मलाई अरू केही चाहिन्नथ्यो ।’ बजगाईंंलाई पर्दामा हिरो बन्ने रहर थिएन, प्राविधिक भएर काम गर्ने त सोचेका पनि थिएनन् । उनी फिल्म हेर्दा रमाउँथे मात्र । मलाई चलचित्रमा एकदमै इन्ट्रेस्ट थियो तर चलचित्रमा काम गर्छु भन्ने सोच थिएन, उनी सम्झिन्छन् । अझ प्राविधिक बन्छु भनेर त सोचेको पनि थिइनँ । उनी नेपाली चलचित्र जगत्मा किनबन्ड इफेक्टका कारण चर्चामा छन् ।
उनी नेपाली चलचित्रमा किनबन्ड इफेक्टको प्रयोग गर्ने पहिलो व्यक्ति हुन् जसको प्रयोगले गर्दा नेपाली चलचित्रहरुमा आजभोलि धेरै व्यक्तिहरुले उनको कामको अनुसरण गर्दै आइरहेका छन् । नेपाली चलचित्र उद्योगमा भिजुअल इफेक्ट नहुँदा चलचित्रहरुको कथा अनुरुप कतिपय वस्तुहरु पर्दामा उतार्न कठिन हुन्थ्यो । यसले गर्दा चलचित्रहरुमा माग गरिएको दृष्यको कमीका कारण अधुरोपन हुन्थ्यो । नयाँ सोच भएका प्राविधिकहरुको कार्य कौशलताले नेपाली चलचित्रहरु आज अन्तर्राष्ट्रिय स्तरका बन्न थालेका छन् ।
नेपाली चलचित्र उद्योगमा नयाँनयाँ प्रविधि र नौलो प्रयोगहरु गर्न रुचाउने प्राविधिक हुन्, अच्युत बजगाईं । अहिलेका सबैभन्दा महंगा र उत्कृष्ट भिजुअल इफेक्ट आर्टिस्ट समेत हुन् उनी । उनको कामप्रतिको इमान्दारिता तथा उत्कृष्ट कार्यको कारण उनले विभिन्न राष्ट्रिय स्तरका अवार्डहरु समेत प्राप्त गरेका हुन् । उनले ३ दर्जन जति फिल्ममा काम गरिसकेका छन् । रोमियो, मेला, कायरा, पूनर्जन्म, वीरांगना, होलिडे, उल्झन, भिलेन, पटुकी, आरोप, छिरिंग, प्रेमलिला, ए मेरो हजुर ३, एक्लव्य आदि थुप्रै चलचित्रमा उनले काम गरेका हुन । उनको काम, नयाँ प्रयोग तथा नौलो परिकल्पनाले आज उनी नेपाली चलचित्र क्षेत्रमा विशेष स्थानमा रहेका छन् । सधैँ व्यस्त रहने उनी अहिले लभ डायरी, माया के होला, सामराज्य, तलास, सिमाना, काडेतार आदि चलचित्रको पनि काम गरेका छन् । यसको साथै सामाजिक कार्यमा पनि उत्तिकै रुचि राख्ने बजगाईं विभिन्न चलचित्र संघ, सस्थामा पनि आबद्ध छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies