– बिके शिवानी ‘वर्मा’
सम्बन्ध भनेको ऊर्जाको आदान–प्रदान हो । सबैको जीवनमा आफुसँग जोडिएका सम्बन्धहरुले निकै महत्व राख्दछन् । परिवार, साथीहरू, सहकर्मीहरू, जोसँग हामीले सम्बन्ध राख्छौं, हामीसँग त्यस्तै उर्जा प्राप्त हुन्छ । हामीले सोच्ने, महसुस गर्ने, बोल्ने, व्यवहार गर्ने तिनै सम्बन्धहरुमा आधारित उर्जाबाट हुन्छ । अगाडिको मान्छे जसले जे सोच्दछ, महसुस गर्छ, व्यवहार गर्छ, उसको कम्पन नै हामीबीच आइपुग्छ । ऊर्जाको यो आदान–प्रदानलाई नै सम्बन्ध भनिन्छ ।
सम्बन्ध भनेको ‘लेबल’ मार्फत मात्र तय हुने होइन । छोराछोरीसँग आमाबुवाको, साथीभाइको, श्रीमान् श्रीमतीको, छिमेकीको छिमेकीसँगको सम्बन्ध मात्रै हुँदैन । सम्बन्ध भनेको दुई आत्माहरू बीचको ऊर्जाको आदानप्रदान हो । त्यसपछि ती दुई आत्माले फरक–फरक भूमिका खेल्दछन् । हामी एकअर्कासँग कसरी कुरा गर्छौं, कसरी व्यवहार गर्छौं, हामी एकअर्काको लागि के गर्छौं भन्ने कुरा महत्वपूर्णं हुन्छ । यो सम्बन्धको लागि के ग¥यो भनेर हामी आफैले कति पटक सुन्छौं ? एउटा महत्वपूर्ण कथन छ, ‘यो सम्बन्धको लागि मैले यो गरेँ, त्यसो गरेँ, न दिन देखे न रात, मैले उनीहरूका लागि सकेभन्दा धेरै गरेँ, मैले आफ्नो बारेमा सोचेको छैन, केवल तिनीहरूको बारेमा सोचेको छु ।’ हामीले एकअर्काको लागि के गर्यौं भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुन्छ । तर त्योभन्दा पनि महत्वपूर्ण छ कि हामीले एकअर्काको लागि के वा कसरी सोच्यौं ।
सम्बन्ध भनेको हामीले उनीहरूका लागि के गरिरहेका छौं भन्ने होइन । सम्बन्ध भनेको हामीले उनीहरूका लागि साेंच्ने कुरा हो । किनकी हामी सोंचहरुमा खासै ध्यान दिँदैनौ । उनीहरूले के गरे, त्यसका लागि के गरे, मसँग काम गर्नेहरूले मेरो लागि के गरे, कम्पनीको लागि के गरे भन्ने कुरामा पनि समाजको ध्यान गएको छ । हामीले गरेको काममा हाम्रो समाज केन्द्रित छ । अर्थात्, हामी के देखिन्छ त्यसमा केन्द्रित हुन्छौं । सम्बन्ध त्यति बलियो हुँदैन जब त्यो ‘के गर्यो’ भन्नेमा केन्द्रीत हुन्छ ।
हामी दिनभर जे गर्छौं, सम्बन्धको लागि गर्छौं । चाहे घरको सम्बन्धको लागि, चाहे कार्यालयको सम्बन्धको लागि, चाहे कार्यालयको लागि । र यति धेरै गरेपछि, यति धेरै मिहिनेत पछि, त्यो सम्बन्धमा आफ्नो सम्पूर्ण जीवन लगाएपछि, हामीलाई थाहा हुन्छ कि यो सम्बन्ध त्यति बलियो छैन । सानातिना कुराले सम्बन्ध टुट्न थाल्छ । त्यसैले आज केही परिवर्तन गरौं ।
सम्बन्ध पहिले आत्मासँग हुन्छ । कुनै पनि सम्बन्ध पत्ता लगाउनुहोस् जसमा दुई व्यक्तिहरू बीचको सद्भाव, सहजता, ऊर्जाको सुन्दर प्रवाह छैन भन्ने महसुस गर्नुहोस् । कुनै आक्रोश बिना, कुनै दुःख बिना, कुनै अपूर्ण आशा बिना वास्तविकता जाँच गर्नुपर्छ । तिनीहरूको लागि यो सबै गर्दा हाम्रो मनको अवस्था कस्तो थियो ध्यान दिनुहोस् । जसरी छोराछोरी र आमाबुवाबीचको सुन्दर सम्बन्ध हुन्छ, निस्वार्थता हुन्छ । बदलामा आमा वा बुबाले केही चाहँदैनन् । बच्चाको लागि मात्र दिन्छन् । यो धेरै सुन्दर निस्वार्थ सम्बन्ध हो । त्यसैले कसैको लागि केहि गर्दा यस्तै मनसहित जाँच गर्नुहोस् । तिमीलाई कसैले सोध्दैन किन यति मिहिनेत गर्छौ, आराम गर्यौ, दिनभर कति दौडिरहन्छौ, परिवारको लागि, घरको लागि, बच्चाहरूको लागि, तर पनि बच्चाहरू रिसाउँछन् । तिनीहरूले आदर गर्दैनन्, हामीसँग समय बिताउँदैन, आफ्नै संसारमा बस्छन्, हामीलाई ध्यान दिँदैनन् ।
साना साना कुरामा यति धेरै आशा राखिन्छ कि त्यो अपेक्षा पूरा हुँदैन र हामी दुःखी हुन्छौं । मैँले यति धेरै काम गरेँ भन्ने हामीले सोंच्दा पनि उहाँहरू मसँग सन्तुष्ट हुनुहुन्न । सन्तुष्ट हुने देखिँदैन । तिनीहरूको लागि मैँले अरू के गर्नुपर्छ, ताकि तिनीहरू सन्तुष्ट हुन सकून् । कहिले काहिँ हामी अब के गर्न सक्छु भनेर पनि भन्छौं । यति गरे पनि तिमी खुसी मात्रै छैनौ । त्यसैले यो सम्बन्धको प्रश्न बन्छ । हामीले यो प्रश्न र सोचबाट टाढा रहनुपर्छ ।
(बिके शिवानीले एक आध्यात्मिक कार्यक्रममा जीवन–दर्शनबारे गरेको सम्बोधनको संक्षिप्त रुप ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies