२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

भोटेकोशी विपद्पछिको पुनर्निर्माण र नीति सुधारबारे सर्वदलीय छलफल जारी

Nada
२०८३ भदौ १६ गते १६:०६
Shares
भोटेकोशी विपद्पछिको पुनर्निर्माण र नीति सुधारबारे सर्वदलीय छलफल जारी

काठमाडौँ : भोटेकोशी क्षेत्रमा बाढी पहिरोबाट सिर्जित क्षति तथा त्यसपछि उत्पन्न अवस्थाको व्यवस्थापनबारे विभिन्न राजनीतिक दलका नेताहरूबीच छलफल भइरहेको छ ।

ncell

सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा जारी बैठकमा विपद्बाट प्रभावितको खोज तथा उद्धार, राहत, पुन:स्थापना र आगामी व्यवस्थापनका विषयमा छलफल केन्द्रित छ ।

बैठकमा सहभागी दलका दोस्रो तहका नेताहरूले विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी बनाउने, जलवायुजन्य जोखिमसँग अनुकूलन हुने नीति अवलम्बन गर्ने तथा राष्ट्रिय विपद् व्यवस्थापनसम्बन्धी नीतिलाई समयानुकूल परिमार्जन गर्ने विषयमा विचारविमर्श गरिरहेका छन् ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार विपद् व्यवस्थापनमा सरकारका कामलाई निरन्तर सुझाव, सहयोग र निगरानी प्रदान गर्ने उद्देश्यले संसदीय समिति वा उच्चस्तरीय सर्वदलीय संयन्त्र निर्माण गर्ने प्रक्रियालाई अघि बढाउने विषय पनि बैठकको प्रमुख एजेन्डामा छ ।

यसअघि भदौ १० गते भोटेकोशी क्षेत्रमा बाढी पहिरो आएपछि बसेको सर्वदलीय बैठकले विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका विषयमा १० बुँदे साझा संकल्प गरेको थियो । उक्त संकल्पले विपद् व्यवस्थापनलाई तत्कालीन उद्धार तथा राहतमा मात्र केन्द्रित नगरी दीर्घकालीन समाधानतर्फ लैजानुपर्नेमा जोड दिएको थियो ।

साझा संकल्पको दशौँ बुँदामा विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका कामलाई दीर्घकालीन र दिगो आधारमा अघि बढाउनुपर्ने उल्लेख छ। सोही प्रतिबद्धतालाई कार्यान्वयन गर्ने क्रममा सरकारका विपद्सम्बन्धी कामको समन्वय, अनुगमन र सहजीकरणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो । 

uae

सम्बन्धित खबर