एजेन्सी : टर्कीको दक्षिणी क्षेत्रमा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परेर तीन सय भन्दा बढीको मृत्यु भएको छ ।
अधिकारीहरुका अनुसार भूकम्पमा टर्की र सिरियामा गरी हालसम्म तीन सय भन्दा बढीको मृत्यु भएको हो ।
हालसम्म टर्कीमा ७६ र सिरियामा २ सय ३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको हो ।
पहिलो भूकम्प गएको केही मिनेटपछि अर्को शक्तिशाली भूकम्पको धक्का महसुस भएको थियो ।
यसपछि पूरै क्षेत्रमा एकपछि अर्को धेरै परकम्पहरू महसुस गरिएको छ ।
टर्की, लेबनान, सिरिया, साइप्रस, इजरायल र प्यालेस्टाइनमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पपश्चात टर्की सरकारले देशमा संकटकाल लगाएको छ । राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies