एजेन्सी : ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को दिल्लीस्थित कार्यालयमा मंगलबार आयकर विभागले छापा मारेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बीबीसीको दिल्लीस्थित कार्यालयमा मंगलबार आयकर विभागका कर्मचारीले छापा मारेका हुन् ।
छापामारीमा ६० देखि ७० जना आयकर विभागको टोली संलग्न रहेको र सबै कर्मचारीको फोन जफत गरेर उनीहरुलाई कार्यालय छोडेर घर जान भनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । लण्डनस्थित बीबीसीको कार्यालयमा छापामारीको जानकारी दिइएको पनि बताइएको छ ।
बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको एक वृत्तचित्र प्रसारण गरेको हप्तापछि त्यहाँ आयकर विभागले छापा मारेको हो ।
मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो ।
यसैबीच बीबीसीको तर्फबाट पहिलो बयान सार्वजनिक भएको छ । बीबीसीले आफूहरूले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएको छ । यो मुद्दा छिटोभन्दा छिटो सुल्झिने पनि आफूहरूले अनुमान गरेको बताएको छ । जारी बयानमा बीबीसीले भनेको छ, ‘आयकरको टिम अहिले पनि कार्यालयमा छ र हाम्रो तर्फबाट पुरा सहयोग हुँदै छ । यो मुद्दा छिटोभन्दा छिटो सुल्झिने आशा छ ।’
यता कांग्रेसले ट्वीट गर्दै यसलाई अघोषित आपतकाल बताएको छ । टिएमसी सांसद महुआ मित्राले भनिन्, ‘यो अचम्मित गर्ने खालको ।’ बीबीसीको अफिसमा आइटीको छापाको खबरलाई टिएमसी सांसद महुआ मोइत्राले अचम्मित गर्ने खालको बताएको छ । मोइत्राले ट्वीट गरेकी छन्, ‘बीबीसीको दिल्ली कार्यालयमा आयकरको छापामारी, कस्तो अपत्यारिलो ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies