विनोद अधिकारी/मध्यान्ह
काठमाडौं : काम लिएर कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर पुगेका सर्लाहीका विवेक यादवलाई एक हुल युवाहरु आएर घेरा हाले ।
कार्यालय छिर्न अवरोध गर्दै गेटमा घेरा हालेका युवाहरूले एकाएक सोध्न थाले, 'कम्पनी दर्ता गर्न आउनुभएको हो ? कम्पनी नवीकरण गर्नु छ ? हो भने शुरुमा हाम्रो सहयोग लिएर मात्र भित्र छिर्नुस् नत्र तपाईंको काम बन्दैन ।' यसो भनिरहँदा यादवले टुलुटुलु हेरिरहे ।
यादवले आफ्नो काम सकिएको र साथीलाई पर्खिरहेको बताएपछि ती युवाहरू अर्का सेवाग्राही तिर लागे ।
अर्का सेवाग्राहीलाई पनि उनीहरूले त्यसै भनिरहेका थिए । 'कम्पनी रजिष्ट्रारको गेट अगाडि बसेर ती युवाहरूको चर्तीकला धेरैबेर हेरें,' यादवले भने, 'कोही आए जालमा फसाउन सकिन्छ कि भनेर बसेका हुँदा रहेछन् ।' उनका अनुसार रजिष्ट्रार कार्यालयमा सेवा लिन पुग्ने धेरै सेवाग्राहीले दलालबाट सास्ती पाउँदै आएका छन् ।
सरकारी कार्यालयमा सर्वसाधारणहरु आफ्नो काम लिएर जाँदा त्यहाँका कर्मचारीहरुले केही नबोली जनताको काम गर्न सम्भव नभएको मोरङकी समिता लामा बताउँछिन् । 'नेपालका कयौं मानिस निरक्षर छन्, पढ्न लेख्न जान्दैनन् अनि प्रक्रिया पनि बुझ्दैनन्, यसैको फाइदा उठाउँदै काममा सुस्तता देखाउने, फाइल अड्काएर राखिदिने सरकारी कर्मचारीको दैनिकी नै हो,' लामाले मध्यान्हसँग दुखेसो पोखिन् ।
सेवा लिन पुग्ने सेवाग्राहीलाई कार्यालयको गेट बाहिरै रोकेर दलालले आफ्नो कब्जामा लिएर ठग्ने गरेका छन् । कब्जामा लिएपछि आफूले काम गरिदिने भन्दै पैसा लिएर सेवाग्राही ठग्ने दलालहरुको देशैभरिका सरकारी कार्यालयमा बिगबिगी छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता, नवीकरण तथा कम्पनीको विविध कामका लागि पुग्ने सेवाग्राहीहरुलाई फकाएर आफ्नो जालमा पारेपछि काम गरिदिएको बहानामा दलालले रकम लिने गर्छन् ।
रजिष्ट्रार कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा काम हुने भएकाले दलालहरुको फाइल छिटो हेरिदिने र सर्वसाधारणलाई दुई-चार दिनसम्म अल्झाएर राख्ने सेवाग्राहीहरुको आरोप छ । 'सेवा लिन पुग्ने सेवाग्राहीलाई गेट बाहिरै दलालले घेरा हालेर ठगिहाल्छन्, यस्ता विषयमा गुनासो गर्दा पनि सुनुवाइ हुँदैन,' सेवाग्राहीहरुले दुखेसो व्यक्त गरे Bet Andreas provides slot machines for virtual coins and gives everyone a bonus of up to $300. Slot machines and casinos have more than 500 types of gambling games. BetAndreas Promotions - available bonus offers for regular and new players. ।
ललितपुरका मदन विकका अनुसार कतिपय कर्मचारी दलालको सेटिङमा काम गर्न पल्किएका छन् । 'दलालमार्फत आएका सेवाग्राहीको काम छिटो गरिदिने यहाँका कर्मचारीको पुरानै परिपाटी रहेछ,' विकले भने, 'स्वतस्फूर्त सेवा लिन आएकालाई अल्झाउने र समयमा काम नगरिदिने तथा अनावश्यक हैरानी दिने काम कर्मचारीबाटै हुन्छ ।'
सरकारले बनाएको सम्पूर्ण ऐन कानूनभित्र रहेर डकुमेन्टहरु तयार गरेर लाँदा पनि प्रक्रिया नपुगेको भन्दै घुस नदिएसम्म जनताले दुःख पाउने गरेको सेवाग्राहीहरुको आरोप छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies