तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन ४’को दोस्रो चरणको अडिसन भोलि शुक्रबार हुने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजित कार्यक्रमको मेघा अडिसनमार्फत दोस्रो चरणमा गायन विधाबाट २७ जना र नृत्य विधाबाट १४ जना प्रवेश गरेका छन् ।
शुक्रबार बिहान ठिक ९ बजे देखि कतार च्यारिटिको सभा हल न्यु सलतामा सुरु हुने प्रतियोगितामा गायन विधाबाट उत्तम राई, अक्षय लिम्बू, अनमोल ढकाल, भीम बहादुर कार्की, अशोक गुरुङ, बनिता राई, बुद्ध सिंह लिम्बू, चित्र बहादुर राना, गौतम सामी लिम्बू, हरिस चन्द्र नेपाली, ईशान रेग्मी, जोन बिक, किरण बिक, क्षितिज तामाङ, मानसिङ परियार, असलमान राई, रेश्मी विश्वकर्मा, शरला तामाङ, सुजन गुरुङ, सुरज केसी, रुस्तम तामाङ, प्रविन रामदाम, बद्री देवकोटा, मालती लामा, दीपक कुमार घले, एन्जल कुलुङ, अनमोल श्रेष्ठले प्रतिस्पर्धा गर्दै छन् l नृत्य विधा तर्फ सुजन चहार, जुनुमाया कुमाल, झरना राई, सबिना राई, दिया सिंह, जीवन खालिंग राई, सुनिता शेर्पा, ललिता लामा, अमित राई, रिता श्रेष्ठ, निरु श्रेष्ठ, शर्मिला घर्ती, सरोज लामा र रेखा मगरले प्रतिस्पर्धा गर्दैछन् l
'नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं' भन्ने नाराका साथ प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने भएको छ l
प्रतियोगिताको तेस्रो चरण १२ जनवरि २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालिका रहेको छ । तेस्रो र ग्राण्ड फिनालेका लागि स्थान र समयका बारेमा एक हप्ता अगाडि सूचनामार्फत जानकारी गराइने आयोजकले जनाएको छ l यसभन्दा अगाडि सन् २०१०/११ र १५ मा सफलतापूर्वक प्रतियोगिता सम्पन्न भइसकेको छ । मध्यान्ह राष्ट्रिय दैनिक उक्त आइडलको सञ्चार सहयोगीका रूपमा रहेको छ l
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies