काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । आइतबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.३ ओभरमा १७२ रनमा अलआउट भयो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनले ९३ बलमा ८ चौकाको सहयोगमा ६६ रन बनाए । यस्तै करण केसीले २७ बलमा २६ रन बनाए भने आरिफ शेखले ५० बलमा २२ रन जोडे । त्यस्तै आशिफ शेखले २७ बलमा १७ रन बनाउँदा कप्तान रोहित पौडेलले ४० बलमा १६ रन बनाए ।
नेपालका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेदरल्याण्ड्सका लागि आर्यन दत्त र भिभिएन किंग्माले ३-३ विकेट लिए । यस्तै बास डे लिडले २ विकेट लिँदा रोलफ भान डर मर्वले १ विकेट लिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies