काठमाडौं । नेपाल कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता मनोनित भएका छन् । हालै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका उनलाई सभापति शेरबहादुर शनिबार देउवाले दलको नेता चयन गरेका हुन ।
यसअघि रमेशजंग रायमाझी दलको नेता थिए । उनी ६ वर्षको अवधि पूरा गरेपछि बिदा भएपछि रिक्त पदमा देउवाले सिटौलाई चयन गरेका हुन । सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने उदेश्यसहित राष्ट्रियसभामा आएका थिए । फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदै छ ।
चुनावअघि नै माओवादी केन्द्रसहितको सत्ता गठबन्धन भत्किएकाले अब अध्यक्षमा कांग्रेसबाट अध्यक्ष निर्वाचित हुने सम्भावना काम छ । यस्तो अबस्थामा सिटौला नै अध्यक्षको उम्मेदवार बन्छन वा अरु कसैलाई बनाइन्छ भन्ने निश्चित भइसकेको छैन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies