काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई संसदीय चुनाव नलड्ने घोषणाबाट पछि हटेका छन् । उनले २०७९ मा अब संसदीय चुनाव नलड्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो निर्वाचन क्षेत्र छोडिदिएका थिए ।
उक्त क्षेत्रबाट निर्वाचित भएर प्रचण्ड अहिले प्रधानमन्त्री छन् । बाबुरामको भने प्रचण्डसँग पछिल्लो समय उति राम्रो सम्बन्ध छैन् । धेरै सत्तामुखी भएको भन्दै प्रचण्डको आलोचना गरिरहेका भट्टराईले आगामी चुनावमा गोरखा–२ नछाड्ने मनस्थितिमा पुगेका हुन ।
भट्टराई निकट नेता विश्वदिप पाण्डेका अनुसार ‘आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उनले स्विकार गर्दै गोरखा–२ बाट चुनाव लड्ने निर्णयमा पुगेका हुन । ‘नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो,’ उनले फेसबुकमा लेखेका छन्, ‘त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसंग वृहत् छलफल भएको थियो । सो क्रममा आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्विकार गर्नुभएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ।’
भट्टराई नेतृत्वको दल गत संसदीय चुनावमा नेकपा माओवादी केन्द्रको चिन्हबाट चुनाव लड्ेको थियो । संघमा एक र प्रदेशसभामा दुई जना निर्वाचित भएका थिए । संघमा निर्वाचित भएका महेन्द्रराय यादव यसअघि खानेपानी मन्त्री थिए । त्यस्तै सिन्धुलीबाट निर्वाचित गंगानारायण श्रेष्ठ बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री छन् । त्यस्तै समानुपातिकतर्फबाट एक जना संघीय सांसद छन् ।
काठमाडौंबाट उम्मेदवार बनेकी भट्टराई पुत्री मानुषीयमी भट्टराई भने पराजित भएकी थिइन् । आफ्नी छोरी पराजित भएपछि भने भट्टराईंको माओवादीसँगको सम्बन्ध चिसिदै गएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies