सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिक अवस्था मौसम झै परिवर्तनशील रहेको बताएका छन् ।
सदरमुकाम गौरस्थित निजी निवासमा समाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति रौतहटले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले मौसम परिवर्तनको ग्यारेन्टी नहुने जसरी नै नेपालको राजनीति कुन बेला के हुन्छ थाहा नहुने अवस्था रहेको बताए ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका मन्त्रीहरुका कारण पुरानो गठबन्धन भत्किएको जिकिर गर्दै अध्यक्ष नेपालले मुलुकमा सुशासन, गणतन्त्रको स्थायित्वका लागि नयाँ गठबन्धनको निर्माण भएको बताए ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यसमेत रहेका नेपालले नेकपा एमालेसँग एकता हुने कुरा अफवाह भएको उल्लेख गर्दै विचार, सिद्धान्त मिले सहकार्य गर्न सकिने बताए । नयाँ गाठ्वन्धन निर्माण भएका कारण प्रदेशमा सरकार परिवर्तन गर्ने विषयमा समस्या देखिएको उनले बताए ।
अध्यक्ष नेपालले संघीयता विरोधी, गणतन्त्र विरोधी, संविधान विरोधी, विकास विरोधीसँग कहिले पनि एकता र सहकार्य गर्न नसकिने बताए । अध्यक्ष नेपालले मुलुकमा रहेको बेरोजगारी समस्या समाधान, मिटरब्याजी समस्या समाधानको विषयमा गम्भीर भएर अघि बढ्न आफूले प्रधानमन्त्रीलाई सुझाव दिएकोसमेत उल्लेख गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies