काठमाडौं : वैदेशिक रोजगार व्यवसायी रामध्वज लामा नेपाली कांग्रेस बागमती प्रदेश वैदेशिक रोजगार समन्वय विभागको सदस्यमा मनोनीत भएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति इन्द्र बानियाँले वैदेशिक रोजगार समन्वय विभागको सदस्यहरू मनोनीत गर्ने क्रममा काभ्रे जिल्ला, तेमाल गाउँपालिका वडा नं. २, निवाली शाल्मा एच. आर. ओभरसिज प्रा.लि. का प्रबन्ध निर्देशक लामालाई मनोनीत गरेका हुन् । लामा तरुण दल काभ्रे प्रदेश सभा १ का सभापति पनि हुन् ।
गत शुक्रबार जारी विज्ञप्तिअनुसार सभापति बानियाँले बागमती प्रदेश वैदेशिक रोजगार समन्वय विभागमा २३ सदस्य मनोनीत गरेका छन् ।
नेपाली कांग्रेसको प्रदेश कार्यसमितिका सदस्य सविन तामाङ प्रमुख रहेको सो विभागका मनोनीत अन्य सदस्यहरुमा संगम थापा, अर्जुन ढकाल, टिका शिवाकोटी, टिकाराम खरेल, सुवास रानाभाट, ध्रुव अधिकारी, पुष्पा कुमारी पौडेल, नरेन्द्र डंगोल, विकास धिताल, प्रदीप खड्का, रामलाल नेपाल, पुष्कर पौडेल, मिना पाठक, बद्रिराम मानन्धर, समिर सुनुवार, तुलाराज थापा, हेमन्त फुयाल, नविन लामा, सुरेश गोतामे, मिना प्रसाद दुलाल, शिवहरि विष्ट र उपेन्द्र तामाङ रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies