बिन्द्र राई/मध्यान्ह
उदयपुर : नेकपा एमाले उदयपुर नयाँ कार्यसमिति अध्यक्षमा भागवत राउत, उपाध्यक्षमा कालुमान लामा विजयी भएका छन् ।
नेकपा एमाले उदयपुरको चैत्र १३ देखि जारी अधिवेशनमा सहमति अनुसार कार्यसमिति टुङ्याउन नसकिएपछि चुनावी प्रतिस्पर्धाबाट कार्यसमिति चयन गर्ने निर्णय भएको थियो । चुनावी प्रक्रियाबाट बिहीबार सम्पन्न मत गणना अनुसार भागवत राउतले ३ सय ४४ मतको साथ अध्यक्ष पद जितेका हुन् । उनका प्रतिद्वन्द्वी परमेश्वर घिमिरेले २ सय ३० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा कालुमान लामा विजयी भएका छन् । उनले १ सय ९२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी दिल बहादुर तामाङलाई १ मतले पराजित गरेका छन् ।
अर्का उपाध्यक्ष भरत बहादुर थापाले १ सय ३७ मत प्राप्त गरेका छन् । सचिवमा १ सय ९१ मत ल्याएर टेक बहादुर राउत विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शम्भु पौडेल १ सय ८३ मत र महेश रोकाले १ सय ४० मत ल्याएका छन् ।
सहसचिवमा १ सय ९४ मतका साथ हेम खड्का विजयी भएका छन् । त्यस्तै जीवनाथ दाहालले १ सय ८,मन्दिप राईले ९३, दुर्गानन्द चौधरीले ९३ र धर्म बहादुर तामाङले ४६ मत प्राप्त गरेका छन् ।
महिलातर्फ गंगा राईले २ सय ६० मत ल्याएर विजयी भएकी छिन् । महेश्वरी राई १ सय ४९ र गीता खड्काको १ सय २५ मत रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies