सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहट यमुनामाई गाउँपालिकाका अध्यक्ष महमद सउदले लेखा शाखामा तालाबन्दी गरेका छन् । नियमित रुपमा लेखपाल कार्यालयमा उपस्थित भएको भन्दै अध्यक्ष सउदले लेखा शाखामा तालाबन्दी गरेका हुन् । लेखापाल नारायण झाको चैत महिनाको हाजिरी समेत गयल गरेको अध्यक्ष सउदले बताए ।
एक महिनादेखि कार्यालयमा उपस्थित नभइ गौरबाट आर्थिक कारोबार गर्दै आएको अध्यक्ष सउदले आरोप लगाएका छन् ।
लेखापाल नियमित रुपमा कार्यालयमा आउनुपर्नेमा झाले तानाशाही प्रवृति देखाउने गरेको अध्यक्ष सउदले टिप्पणी गरे । पटक–पटक भन्दा पनि कुनै लेखापालले वास्ता नगर्ने गरेको हुँदा बाध्य भएर ताला लगाएको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies