भैरहवा : भैरहवामा सञ्चालनमा रहेको ‘सिद्धार्थ भिलासा’ होटलले पाँचतारेको मान्यता पाएको छ । साढे २ दशकदेखि हस्पिटालिटी सेवा दिँदै आएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालन गरेको ‘सिद्धार्थ भिलासा’ले पाँचतारे स्तरको मान्यता पाएको हो । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरोन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐनअनुसार पाँचतारे स्तरको होटलमा स्तर वर्गीकरण गरी इजाजतपत्र दिइएको छ’, पर्यटन विभागले भनेको छ ।
करिब पाँच बिगाहा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भिएक्जुकेटिभ स्विट, दुई वटा स्विट, पाँच वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरी ८५ वटा रुम छन् । होटलमा साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल र पाँच वटै रेस्टुरेन्ट आउटलेट छन् । होटलमा पन्ध्र सय जना क्षमताको ब्याङ्क्वेट हल रहेको छ । जुन नेपालकै ठूलो ब्याङ्क्वेट हल भएको सिद्धार्थ हस्पिटालिटीका ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।
स्थापनाको छोटो समयमै ‘डेस्टिनेसन वेडिङ’ र अन्य पर्यटक गरी त्यस क्षेत्रमा उच्च संख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको र लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकहरुबीच लोकप्रिय भैरहेको होटलले पाँच तारा स्तरको मान्यता पाएसँगै सो व्यापारमा अझ राम्रो गर्ने आशा गरिएको न्यौपानेले बताए । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies