दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्ला जिल्लाका ९० हजार नागरिकले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका संयोजक प्रेमबहादुर भण्डारीले करिब जनसंख्याको ८० प्रतिशत अर्थात ११ हजार ४८ घरधुरी स्वास्थ्य बीमाको पहुँचमा आएको बताए ।
उनका अनुसार जिल्लाका ६० वटा वडामा दर्ता सहयोगी छन् । सहयोगीबाट बीमा दर्ता तथा नवीकरण गर्ने काम भइरहेको छ । संयोजक भण्डारीका अनुसार स्थानीय सरकार समेत आफ्ना नागरिकको स्वास्थ्य बीमा गराउने उद्देश्यले बीमा कार्यालयसँग सहकार्य गरेर अगाडि बढेको छ ।
चन्दननाथ नगरपालिकामा ३ हजार २ सय ७० घरधुरीका २० हजार ९ सय ४१ जना तथा पातारासी गाउँपालिकाका २ हजार ४ सय ६६ घरधुरीका १६ हजार ३ सय ५० जना, तातोपानी गाउँपालिकाका ११ हजार ९ सय ५९, हिमा गाउँपालिकाका १ हजार ५ सय २६ घरधुरीको ११ हजार ८ सय ५० नागरिकको स्वास्थ्य बीमा गरिएको छ ।
त्यस्तै तिला गाउँपालिकाका ८ सय २८ घरधुरीका ९ हजार ३ सय २ जनाले स्वास्थ्य बीमा गरेका छन् भने गुठीचौर गाउँपालिकाका ९ सय १० घरधुरीका ७ हजार ४ सय १० जना र कनकासुन्दरी गाउँपालिकाका ६ सय २७ घरधुरीका ६ हजार ७ सय ६३ जनाले स्वास्थ्य बीमा गरेका छन् । त्यस्तै सिँजा गाउँपालिकाका ४ सय १६ घरधुरीका ५ हजार ८ सय ३६ जना नागरिक स्वास्थ्य बीमामा आवद्ध भएका छन् ।
जुम्लाको आठौं स्वास्थ्य बीमा वार्षिकोत्सव कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले स्वास्थ्य बीमाले बिरामीलाई सहज बनाएको बताए । उनले बीमाका केही समस्या नरहेको बताउँदै यसलाई विस्तार र सुधार गर्दै लैजान अनुरोध गरे । जुम्लामा २०७४ असार १ गते दर्ता प्रक्रिया शुरु भइ २०७४ भदौबाट स्वास्थय बीमा कार्यक्रम लागू भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies