सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ विश्रामपुरस्थित पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नेपाल माध्यमिक विद्यालय विश्रामपुरको स्वामित्वमा रहेको पोखरीमा गहुँ काटेर नुहाउन गएकी स्थानीय हुलास बैठाकी १४ वर्षीया छोरी निरन्जन कुमारी बैठाको डुबेर मृत्यु भएको हो ।
६ फिट गहिरो पानी रहेको पोखरीमा गर्मी छल्नका लागि नुहाउन गएको बेला एक जना बालिका डुबेर बेपत्ता भएको सूचना प्राप्त हुना साथ सुरक्षा बेसक्याम्प सन्तपुरबाट सशास्त्र प्रहरी नायव निरीक्षक यम बहादुर वलीको नेतृत्बमा गएको ९ जनाको टोलीले खोज तलास गर्दा मृत अवस्थामा बालिकाको शव फेला पारेको सशास्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका प्रमुख सशास्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईंले जानकारी दिए ।
घटनाको सम्बन्धमा थप छानबिन गर्न इलाका प्रहरी कार्यालय गरुडा तथा सुरक्षा बेसक्याम्प सन्तपुरबाट सप्रनानि सत्य नारायण माझीको नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies