ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाकाे सदरमुकाम सिमकाेटमा खच्चडमा बाेकाएर ल्यउँदै गरिएकाे ६० केजी ब्रोइलर कुखुराकाे मासु नष्ट गरिएकाे छ। जिल्लाकाे दक्षिण क्षेत्रमा पर्ने सर्केगाड गाउँपालिकाकाे सर्केगाड बजारबाट खच्चडमा ल्याउँदै गरिएकाे कुखुराकाे मासु सिमकाेट बजारमा फेला पारेर नष्ट गरिएको हाे ।
यसअघि मध्यान्ह राष्ट्रिय दैनिमा चेकजाँच बिना सिमकाेट बजारमा कुखुराकाे मासु आयत भन्ने समचार प्रशारण भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यलय, सिमकाेट गाउँपालिका र जिल्ला प्रहरी कार्यलयले निगरानी बढाएको थियो । सोही क्रममा चेकजाँच बिना नै ल्याइएको मासु नष्ट गरिएको सिमकाेट गाउँपालिका पशु सेवा शाखाका नाप्रस विष्णु बुमीले बताए । उनका अनुसार करिब दुई दिन लगाएर ल्याउँदै गरेकाे कुखुराको मासु जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यलय र सिमकाेट गाउँपालिकाकाे राेहाेबरमा नष्ट गरिएको हो ।
उक्त मासु सिमकाेटमा व्यवसाय गर्दै आएका लछुमण मल्लकाे रहेकाे छ । मल्लले हवाई यातायात नियामित सुचारु नभएकाले खच्चडबाट कुखुराकाे मासु ल्याउने गरेका हुन् । खच्चडमा ल्यायकाे मासु खान लायक नभएकाे र कुहिएकाे जस्तो देखिएकाे जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । यस्तो मासुले मानिसकाे स्वास्थ्यामा ठूलाे असर पार्ने हुँदा मासु खाल्डाेमा पुरेर नष्ट गरिएकाे हो ।
मल्लमात्र नभएर बजारमा फ्रेस हाउस सञ्चालन गर्दै आएका व्यापारीहरुले मासु खच्चडबाट ल्याउने हुँदा अब कडाइका साथ निगरानी गरिने सिमकाेट गाउँपालिकाले जनाएकाे छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies