पवन जायसवाल/मध्यान्ह
नेपालगन्ज : सिटिजन्स बैंक इन्टरनेशनलको १७औं वार्षिकोत्सवको अवसर नेपालगञ्जमा रक्तदान र प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । बैंकको नेपालगन्ज शाखाको आयोजनामा शुक्रवार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रम बैंकका क्षेत्रीय उप–प्रबन्धक बिनय गौतम र नेपालगन्ज शाखाका प्रबन्धक गोबिन्द पन्तले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोमप्रकाश सापकोटा, होमराज गिरीलाई संयुक्तरुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका कर्मचारी, व्यवसायी, विद्यार्थीलगायत २७ जनाले रक्तदान गरे ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका सोमप्रकाश सापकोटा, होमराज गिरी, सन्दिप आचार्य, केशरसिंह डाँगी र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।
यसैगरी १७औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल कोहलपुर शाखाले बैशाख ७ गते शुक्रवार ५ वटा शाखाको सहभागितामा प्रभातफेरीको आयोजना पनि सम्पन्न गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies