काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक सय ४० जना भन्दा बढी वरिष्ठ अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत उक्त भ्रमण गराएको कम्पनीले जनाएको छ ।
देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल करिब एक सय ४० जना भन्दा बढी वरिष्ठ अभिकर्ताहरुको उत्साहजनक उपस्थितिमा नेपालको पर्यटकीय क्षेत्र घान्द्रुकको भ्रमण गराएको जनाइएको छ ।
भ्रमण कार्यक्रममा सहभागी भएका वरिष्ठ अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरियर रहेका अभिकर्ताहरुबीच चिनजान हुनुका साथै एक आपसको अन्तरक्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies