काठमाडौँ : गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको थियो ।
बधुबार काठमाडौं-भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन् । त्यसपश्चात महिला प्रहरी रमिता श्रेष्ठले राउतविरुद्ध जाहेरी दर्ता गराएकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies