महोत्तरी : उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा ) बीचको सहकार्य राम्रो शुरुआत भएको बताएका छन् ।
बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्वाचित प्रतिनिधिलाई आज बधाइ ज्ञापन गर्दै उनले राजपासँगको सहकार्यले निर्वाचनमा राम्रो परिणाम आएको छ भने ।
“राष्ट्रियसभा निर्वाचनमा दुवै दलको आवश्यकताले हामीबीच सहकार्य भयो”, उपप्रधानमन्त्री पोखरेलले भने, “अब मुलुकको समृद्धि अभियान अघि बढाउन यो सहकार्य अझ विश्वासिलो र सुदृढ बन्नु पर्दछ ।”
कार्यक्रममा नेकपाका प्रदेश नं २ का इञ्चार्ज एवम् प्रदेशसभा २ मा विपक्षी दलका नेता सत्यनारायण मण्डल, पार्टीका प्रदेश २ का सहइञ्चार्ज विश्वनाथ साहसहितका नेताहरुले नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाइ बधाइ ज्ञापन गरेका थिए।
नेकपाबाट राष्ट्रियसभामा निर्वाचित तुलसा दाहाल र राधेश्याम पासवानले जनअधिकार र जनचासोका केन्द्रित रहने प्रतिबद्धता जनाए । नेकपाका केन्द्रीय सदस्य तथा महोत्तरीका इञ्चार्ज राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies