राजन बस्नेत/मध्यान्ह
दोलखा : महिला मानव अधिकार रक्षक सञ्जाल दोलखाको अध्यक्ष मा भीमेश्वर नगरपालिका वडा नं. ७ मकैबारीकी तारा तामाङ सर्वसम्मत चयन भएकी छिन् । सञ्जालको तेस्रो वार्षिक साधारण सभाले तमाङको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा विना श्रेष्ठ, सचिव राधा चापागाईं, सहसचिव देवी वसेल र कोषाध्यक्षमा उर्मिला विष्ट चयन भएका छन् । यसैगरी सदस्यहरुमा राज कुमारी श्रेष्ठ, गीता बुढाथोकी, पुष्पा जिरेल, पार्वती खड्का, नविना लामा र उषा थापा चयन भएका छन् । सञ्जालकी अध्यक्ष पार्वती कार्कीको अध्यक्षतामा भएको साधारण सभामा संस्थाकी सचिव विना श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा दोलखाको भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष उर्मिला खड्का, जिल्ला प्रहरी कार्यालय दोलखाकी प्रहरी निरीक्षक रुक्सा वज्राचार्य, महिला तथा बालबालिका शाखा कार्यालयकी शाखा प्रमुख सुर्जा दहाल, भीमेश्वर नगर कार्यपालिका सदस्य रुपा भुजेल, क्यान नेपाल दोलखाकी अध्यक्ष सरुणा मानन्धर, पत्रकार गायत्री आचार्य लगायतले महिलाका अवस्थाका बारेमा बोल्दै महिला माथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि एक हुने समय आएको धारणा राखेका थिए ।
महिलाको कामको पहिचान, मान्यता र सम्मानको वातावरण तयार गर्न इस्वी संवत २००७ डिसेम्वर १ मा केन्द्रीय सञ्जाल गठन गरी महिला अधिकार प्राप्तीका लागि देशैभरी काम गरिरहेको छ । अधिकारकर्मी सिर्जना कार्कीको संयोजकत्वमा २०६७ सालमा दोलखा सञ्जाल गठन भएको थियो ।
महिला माथि हुने हिंसा विरुद्ध आवाज उठाउँदै, मानवअधिकार, सामाजिक न्याय, महिलाको आर्थिक सामाजिक साँस्कृतिक अधिकारका लागि सञ्जालले काम गर्दै आएको छ ।
निर्वाचित अध्यक्ष तामाङले महिलाहरुको हक अधिकार र संरक्षण गर्न आफुहरु सरोकारवाला निकायहरुसँग मिलेर कार्यक्रमहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies