२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

‘वायु प्रदूषणको स्रोत पहिचान र नियन्त्रणमा निगरानी आवश्यक’

himalayanlife
२०८१ मंसिर २४ गते १८:३८
Shares
‘वायु प्रदूषणको स्रोत पहिचान र नियन्त्रणमा निगरानी आवश्यक’

काठमाडौंः वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको स्रोत पहिचान गरी त्यसको नियन्त्रणमा कडा निगरानी राख्न आवश्यक रहेकामा जोड दिएका छन् । आज आयोजित एशिया–प्रशान्त क्षेत्रीय वायु प्रदूषणसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा बोल्दै उनले वायु प्रदूषण न्यूनीकरणमा सबैको सहकार्य हुनुपर्ने बताए । 

‘हरेक वर्ष झैँ, जाडो मौसमको सुरुआत सँगै नेपालमा पनि वायु प्रदूषण निरन्तर वृद्धि हुँदै जान्छ । हाम्रोमा मात्र नभई यस क्षेत्रका धेरै शहरमा यो समयमा वायुको गुणस्तर क्रमिकरुपमा खस्किँदै जाने गर्दछ’, मन्त्री शाहीले भने, ‘यसको असर आँखाले देखिने धुलोसहितको प्रदूषणमा मात्र सीमित नभई, विशेष गरी मानव स्वास्थ्य र समग्र पर्यावरणमा गम्भीर रुपमा दीर्घकालीन असर पारिरहेको अवस्था छ ।’

पेट्रोलियम पदार्थमा आधारित मोटरगाडीको अधिक प्रयोग, निर्माणका गतिविधि, औद्योगिक उत्सर्जन, वन डढेलो, कृषि गतिविधिलगायतका कारण वायु प्रदूषणको स्तर अत्यधिक बढेको  उनको भनाइ छ । सरकारले सार्वजनिक यातायातलाई प्रभावकारी बनाउँदै, इन्धनको गुणस्तर सुधार्ने र औद्योगिक प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजना बनाएको मन्त्री शाहीले बताए । 

‘काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’ कार्यान्वयनको समन्वय गर्ने, कार्ययोजना कार्यान्वयनमा विभिन्न निकायबीचको समन्वयको अवस्था र हालसम्म भएका उपलब्धिका बारेमा जानकारी लिन छलफल आयोजना गर्ने तयारीमा छौँ’, मन्त्री शाहीले भने । 

ताजा खबर

सम्बन्धित खबर