काठमाडौं : लोकगायक बद्री पंगेनीलाई पितृशोक परेको छ । गायक पंगेनीका पिता बोधराज पंगेनीको ७० वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै निधन भएको परिवारले जनाएको छ ।
उनी दमसम्बन्धी समस्याबाट पीडित थिए । उनको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ । उनका दुई छोरा र एक छोरी छन् । स्वर्गीय बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पंगेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बिजीलगायत विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies