काठमाडौं : आफ्नै निवासमा गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ललितपुर उपमहानगरपालिका–२, सानेपाको घरको भान्छा कोठामा अचेत अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गम्भीर चोट लागेको थियो ।
उनको घरमा कामदारका रुपमा कार्यरत २२ वर्षीय विजय चौधरी भान्साकोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
मुनामाथि आक्रमण गरेपछि चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । मुनाको हात पछाडिबाट बाँधिएको अवस्थामा भेटिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies