काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग दुईमा नेपालले अमेरिकालाई मात्र ३५ रनमा अलआउट गरेको छ । एकदिवसीय अन्तर्रा्ष्ट्रियमा यो विश्व क्रिकेटमा सर्वाधिक कम योगफल हो । यसअघि जिम्बाब्वे पनि ३५ रनमा आउट भएको थियो । तर जिम्बाब्वे भने १८ ओभरमा आउट भएको थियो ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि अमेरिकाले ब्याटिङ गरेको थियो । जसलाई सन्दीप लामिछाने र सुशन भारीले सही तुल्याइदिए । अमेरिका १२ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै ३५ रनमा अल आउट भयो । जेभियरले १६ रन जोडदा अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।
अमेरिकालाई लज्जास्पद नतिजामा समेटन सन्दिप लामिछानेले नेपलकै लागि ओडिआइमा सर्वाधिक उत्कृष्ट बलिङ गरे । उनले छ ओभर बलिङ गर्दै एक मेडन सहित मात्र १६ रन खर्चेर छ विकेट लिए ।
यसअघि सोमपाल कामीले युएई बिरूद्ध ५ विकेट लिएका थिए । यस्तै सुशन भारीले ३ ओभर बलिङ गर्दै एक मेडन सहित ५ रन खर्चेर चार विकेट लिए । नेपालले यसअघि अमेरिकालाई ३५ रनले हराएको थियो । नेपाल ओमानसँग भने दुवै खेलमा हारेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies