२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो

shivam cement
मध्यान्ह
२०८१ मंसिर २९ गते १०:५७
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित बजार क्षेत्रमा चितुवा देखिएपछि नियन्त्रणका लागि पासो थापिएको छ । आँबुखैरेनीचोकस्थित रुखमा शुक्रबार दुई  चितुवा देखिएको थियो । 

बजार क्षेत्रमै चितुवा देखिएपछि डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा पासो थापिएको छ । आँबुखैरेनी-३ का वडाध्यक्ष दिनेश केसीले वन कार्यालयले ल्याएको खोर चितुवा देखिएको क्षेत्रमा राखिएको जानकारी दिए । एउटा चितुवा तत्कालै भागे पनि अर्को चितुवा धेरै बेरसम्म एक ठाउँमा बसेपछि स्थानीयवासीमा त्रास समेत उत्पन्न भएको थियो । 

उनले भने, “बजार क्षेत्रमै चितुवाको त्रास बढेको छ । चितुवालाई नियन्त्रणका लागि पासो राखिएको छ ।” झिसमिसे बिहान र साँझको समयमा घर बाहिर एक्लै नहिँड्न वडावासीलाई आग्रह गरिएको वडाध्यक्ष केसीले बताए ।

ADV

सम्बन्धित खबर

Advertise