एजेन्सी : महामारीका रुपमा फैलिएको कोरोना भाइरसले चीनमा एकैदिन २ सय ४२ जनाको मृत्यु भएको छ । भाइरस संक्रमण भएर एकै दिनमा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सर्वाधिक हो । कोरोनाको केन्द्र मानिएको मानिएको हुबेई प्रान्तमा उनीहरुको मृत्यु भएको हो ।
यो सँगै भाइरसको संक्रमणवाट मृत्यु हुनेको संख्या एक हजार ३ सय ५५ पुगेको छ । बुधबारमात्रै १४ हजार ८ सय ४० जनामा भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म करिव ६० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
भाइरसको संक्रमण भएका ३३ हजार ६ सय ९३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । ३ हजार ४ सय ४१ जना भने स्वस्थ भएका छन् । चीनभन्दा बाहिर पनि ४ सय ४१ जना कोरोना भाइरसका बिरामी देखिएको छ । बेलायतले पनि आफ्नो देशमा कोरोना भाइरसका बिरामी पुष्टि भएको जनाएको छ ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ ले कोरोना भाइरसको अन्त्य कहिले हुन्छ भन्ने अनुमान गर्न अहिले निकै छिटो हुने बताएको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले प्रकोप अझैपनि जुनसुकै दिशामा जानसक्ने खतरा रहेको बताएका हुन् ।
चीन बाहिर भाइरस संक्रमण देखिएका ४ सय ४१ संक्रमणमध्ये आठ बाहेक सबै सङ्क्रमण कसरी सुरु भएको थियो भन्ने पत्ता लागिसकेको ‘डब्लुएचओ’ले जनाएको छ । भाइरस पहिलोपटक देखापरेको चिनको हुवे प्रान्तबाहिर सङ्क्रमणको गतिमा कमी आएको र नयाँ सङ्क्रमितको सङ्ख्यामा पनि कमी आउनुलाइ भने ‘डब्लुएचओ’ले सकारात्मक भनेको छ ।
चीनमा बृहत् जनस्वास्थ्य अभियान सञ्चालन गरिएकोले यस्तो सम्भव भएको ‘डब्लुएचओ’को स्वास्थ्य सङ्कटको मामिला हेर्ने निकायका प्रमुख माइकल रायनले बताए । विश्व स्वास्थ्य संगठनले चारवटा सम्भावित खोपको अनुसन्धानका लागि रकम समेत जुटाएको छ । तर खोप बनाउन समय लाग्ने उसको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies