काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको असनबाट उनलाई पक्राउ गरेको हो । ढकाल यसअघि पनि पक्राउ परेर रिहा भएका थिए ।
महाशाखाका एसएसपी सहकुल थापाले ढकालसँगै अन्य तीनजना पनि पक्राउ परेको जानकारी दिए । पक्राउ पर्ने अन्यको परिचय भने खुलाइएको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies