काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै ‘सिद्धार्थ सपरच्युनिटी’ विशेष छुट योजना ल्याएको छ ।
यो छुट योजना यहि फाल्गुन १, २०७६ देखि सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले जनाएको छ । यस योजनामा ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५ प्रतिशतसम्म (अधिकतम ५००) छुट दिने, पहिलो दुई पटक १,००० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५०० क्यास ब्याक दिने तथा पहिलो दुई पटक १,००० वा सो भन्दा बढि रकमको पीओएस मेसिनमार्फत् कारोबार गर्दा ३८२ क्यास ब्याक दिने बैंकले बताएको छ ।
यस्ता छुट र क्यास ब्याक अफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र अनलाइन कारोकारलाई अझै प्रेरित गर्नेे विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट योजना दिदैं आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies