काठमाडौं : बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपाली कामदारको मृत्यु भएको छ । अरब कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ६ जना नेपाली कामदारको मृत्यु भएको हो । चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको टनेल निर्माणस्थलमा एक्कासि बालुवा र ढुंगा खसेपछि त्यहाँ काम गरिरहेका कामदारहरुको मृत्यु भएको हो ।
सुरुमा ४ जनाको मात्र शव फेला परेकोमा उद्धारका क्रममा थप २ जना गरी ६ जना नेपाली कामदारको ज्यान गएको हो ।अझै एकजना फेला नपरेको बताइएको छ ।
पुरिएकामध्ये ४ जनाको सकुशल उद्धार गरिएको कुवेती अधिकारीहरूलाई उद्धृत गर्दै अरब टाइम्सले समाचार लेखेको छ । मृतक नेपाली कामदारको नाम र अन्य विवरण खुल्न बाँकी छ । घटना बुधबार साँझ स्थानीय समय अनुसार करिब ५ बजे भएको हो ।कुवेतको भौतिक मामिलासम्बन्धी मन्त्री राना अल फरिसले घटनास्थल पुगेर जानकारी लिएकी छन् ।
उनले घटनाको वास्तविक कारण पत्ता लगाएर तत्काल सत्य–तथ्य पत्ता लगाउनछानबिन समिति गठन गर्न निर्देशन दिँदै निर्धारित सुरक्षा मापदण्डमा लापरवाही गरिएको पाइएमा कम्पनीलाई कडा कारबाही गर्ने बताएकी छन् । नेपाली दूतावासले पनि स्थलगत अध्ययन गरिरहेको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies