काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोशियसनको नवनिर्वाचित कार्यसमितिले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा केन्द्रीय सदस्य डा. शेखर कोइेरालालाई भेटी वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्याहरु समाधानका लागि पहल गर्न आग्रह गरेको छ । एशोशिएसनको टोलीले बुधबार वरिष्ठ नेता पौडेल र डा. कोइरालालाई उनीहरुकै निवासमा पुगी भेटेको हो ।
भेटघाटका क्रममा मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगार व्यवसायीहरुले पठाएका कामदारले एक तिहाई भन्दा बढीको योगदान गरिरहेको अवस्थामा यो क्षेत्रलाई समस्यामा पार्ने गरी आएका नीति निर्णय परिवर्तनका लागि नेपाली कांग्रेसले भूमिका खेल्नुपर्ने आग्रह गरिएको एशोशिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालले जानकारी दिए ।
एशोशिएसनले बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादव, प्रमुख कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँण, कांग्रेस केन्द्रीय सदस्य गगन थापा तथा वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक कुमार प्रसाद दहाललाई भेटी वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि आग्रह गरेको थियो ।
बिहीबार भएका दुबै नेताहरुसँगको भेटमा विदेशस्थित नेपाली दूतावासहरुले डिमाण्ड प्रमाणीकरणमा रहेको समस्या, फ्रि भिसा फ्रि टिकटको सरकारी निर्णयले उत्पन्न अन्योल, म्यानपावर कम्पनीको लाइसेन्स नवीकरण गर्न प्रत्येक वर्ष म्यानपावर कम्पनीहरुले अनिवार्य रुपमा सय जना कामदार वैदेशिक रोजगारीमा पठाएको हुनुपर्ने वैदेशिक रोजगार ऐन नियमावलीको व्यवस्था र दक्षिण एशियाली मुलुक सरह नेपालका वैदेशिक रोजगार व्यवसायीहरुले सेवा शुल्क पाउनुपर्ने विषयमा ध्यानकर्षण गराएको अध्यक्ष ढकालले बताए । गत शुक्रबार सम्पन्न एशोशिएसनको दशौं साधारणसभा पछिको निर्वाचनले व्यवसायी नरेन्द्र ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies