२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

संस्कृति संरक्षणमा प्रदेश प्रमुखको जोड

shivam cement
मध्यान्ह
२०८१ मंसिर ३० गते ११:५१
संस्कृति संरक्षणमा प्रदेश प्रमुखको जोड

मकवानपुर : बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भावी पुस्ताका निम्ति मुलुकका मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिएका छन् ।

धान्य पूर्णिमा, उधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा आज उनले दिएका शुभकामना सन्देशमा उक्त कुरामा जोड दिइएको छ ।

चाडपर्व र मौलिक परम्परा देशका अमूल्य निधि भएकाले तिनको संरक्षण गर्नुपर्ने बताउँदै उनले सन्देशमा “हाम्रो सामाजिक सद्भाव, मेलमिलाप तथा गौरवपूर्ण मौलिक संस्कार र परम्परा सुखी जीवनका आधार हुन्”,  भनेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise