एजेन्सी : कोभिड–१९ अर्थात कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ । कोरोना फैलन सुरु भएको चीनमा दुई हजार एक जना र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको संख्या दुई हजार पाँच पुगेको चीनका समाचार संस्थाहरु जनाएको छ ।
चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एकरएक जनाको ज्यान गएको छ । हिजो मात्र एक सय ३६ जनाले ज्यान गुमाएका छन् । केही दिनदेखि ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि हिजो ज्यान गुमाउनेको संख्या फेरि बढेको हो । यस्तै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७५ हजार नाघेको छ ।
यसैबीच चीनको सेन्टर र्फ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनअनुसार सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा धेरै बिरामी तथा वृद्धवृद्धा रहेको देखाएको छ । अध्ययनले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको देखाएको छ ।
अध्ययनमा धेरैजसो सङ्क्रमित मानिसमा मध्यमस्तरको सङ्क्रमण भएको पाइएको पनि बीबीसीले जनाएको छ । यस्तै कोरोना भाइरसलाई लिएर संयम रहन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies