काठमाडौं : चीनबाट उद्धार गरी ल्याइएका १७५ जना नेपालीमा कोरोनाभाइरस नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पत्रकार सम्मेलन गरी यो जानकारी गराएका हुन् ।
उनीहरुलाई गत फागुन ४ गते काठमाडौं ल्याइएको थियो । त्यसपश्चात उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । मन्त्रालयकाअनुसार क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिनेछ ।
मन्त्रालयले कोरना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको भन्दै संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies