काठमाडौं : ओमस्टोन एशिया क्यापिटल नेपाल प्रा.लि. (ओएसीएनपिएल) ले धुलिखेलमा सुविधासम्पन्न पाँचतारे होटल तथा रिसोर्ट स्थापना गर्नको लागि वित्तीय व्यवस्थापन भएको छ । दुसित थानी हिमालयन रिसोर्ट एन्ड स्पा स्थापनाको लगानीका लागि सहवित्तीयकरण अन्तर्गत सानिमा बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक सहभागी भई यही २०७६ फाल्गुन ७ गते ऋण सम्झौता सम्पन्न भएको छ । सो परियोजना निर्माणको अनुमानित लागत एक अर्ब २७ करोड रुपैयाँ रहेको छ ।
ओएसीएनपिएलले दुसित थानी हिमालयन रिसोर्ट तथा भिल्ला व्यवस्थापन र संचालनको लागि दुसित इन्टरनेशनलसँग सहकार्य गर्नेछ । दुसित इन्टरनेशनल थाइल्याण्डको प्रख्यात हस्पिटालिटी तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित ब्रान्ड हो जुन अहिलेको समयमा तीव्र गतिमा विस्तार भइरहेको छ ।
विगत ६५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा विश्वस्तरीय एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दुसित इन्टरनेशनलको हाल १८ वटा देशहरुमा २९ वटा होटल तथा रिसोर्ट संचालनमा रहेको छ भने अस्ट्रेलिया, नेपाल, भुटान, चीन, इन्डोनेशिया, केन्या, म्यानमार, ओमन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, टर्की र युएई जस्ता देशहरुमा ५२ वटा प्रोजेक्ट निर्माणको योजनामा रहेका छन् । सानिमा बैंकका सातवटै प्रदेशमा हाल ७९ वटा शाखा, ३ एक्सटेन्सन काउन्टर र ७९ वटा ए.टि.एम संचालनमा रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies