एजेन्सी : रोजर फेडेरर र उनकी श्रीमती मिर्काले स्विटजरल्याण्डका विपन्न परिवारलाई एक मिलियन स्विस फ्रांक सहयोग गरेका छन् । २० पटकका ग्रान्डस्लाम विजेता फेडेररले कठिन समयमा कोरोनाबाट प्रभावित आर्थिक अवस्था कमजोर भएका मानिसका लागि सहयोग रकम उपलब्ध गराएका हुन् ।
उनीहरुले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्न अपिल पनि गरेका छन् । कोरोना भाईरसको कारण स्विटजरल्याण्डमा नीजी र सार्वजनीक कार्यक्रम बन्द छन् ।
यस्तै अत्यावश्यक बाहेक सम्पूर्ण व्यापार ब्यवसाय अप्रिल १९ सम्मका लागि बन्द छन् । यसअघि टेनिस खेलाडी सिमोना हालेपले आफ्नो देश रोमानियामा चिकित्सा उपकरण खरिदका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies