काठमाडौं : मध्य पूर्वमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसबाट पर्न सक्ने सम्भावित जोखिम न्युनिकरणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पहल गर्ने भएको छ ।
संघको मध्यपूर्व समितिले प्रविण गुरुङ (कतार) को संयोजकत्वमा क्षेत्रीय उद्धार समिति समेत गठन गरेको छ । समितिमा उपसंयोजक मनोज कुमार श्रेष्ठ गोर्खाली (युएई) र प्रवक्तामा राजेन्द्र अर्याल जोन (साउदी अरब) रहेका छन् ।
यसैगरी सदस्यहरुमा राज रेग्मी (कतार), सुमित्रा पौडेल (कुवेत), यसमिन बेगम सैयद (साउदी अरब), रमेश भट्ट (कतार), नारायण पासवान (साउदी अरब), ठाकुर प्रसाद ढुंगाना (युएई), अमित राई (कुवेत) अजय यादव (ओमान), लालप्रसाद पुन (बहराइन), नविन पौडेल (युएई), राजु केसी (युएई), नेब प्रसाद शर्मा (युएई), होमनाथ शर्मा (कतार), युथराज शर्मा (कतार), केबी हमाल (कतार), मोहम्मद मुक्तदा मुसलमान (कतार), प्रकाश कोइराला (युएई), तेज थापा (साउदी अरब), सुजन केसी (कुवेत), लक्ष्मी गिरि (बहराइन), सेवन्त पुर्जा पुन (ओमान) रहेका छन् ।
यसैगरी उक्त उद्धार समितिको सल्लाहकारमा टिवी कार्की (कतार), आरके शर्मा (कतार), डिबी क्षत्री (ओमान), राजु सैयद (साउदी अरब), नरेन्द्र भाट (कतार), महेन्द्र चम्लागाईं (कतार) कमलमणि गुरागाईं (कतार), विमल सुवेदी (कतार), गोपाल कँडेल (युएई), धर्मराज गिरी (ओमान), विल गुरुङ –कतार), विनोद भट्टराई (कतार), सनी ओली (कतार), सुरज मास्के (कुवेत), रमेश भण्डारी (साउदी अरब), कृष्णप्रसाद भट्टराई (युएई), मोहन शर्मा (युएई) छन् ।
त्यस्तै उक्त समितिको मिडिया विभाग पनि गठन गरिएको छ । मिडिया विभागको संयोजकमा मेघराज सापकोटा (युएई) रहेका छन् । यो समितिको सदस्यहरुमा शुक्र मुक्तान (साउदी अरब) सुभास शर्मा (युएई), दीपजंग साहा (कतार), अमर श्रेष्ठ (बहराइन), माधव शाही (कुवेत) पूर्ण विक पहाडी (ओमान) छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies