योगी योगेन्द्र/मध्यान्ह
दोहा : साउदी अरबमा कार्यरत ४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको आइतबार पुष्टि भएको छ । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले साउदी अरबको सरकारले ४ जना नेपाली कामदारलाई कोरोना संक्रमण पोजिटिभ देखिएको विवरण दिएको जानकारी दिँदै उनीहरुको अवस्था स्थिर रहेको बताए ।
साउदी सरकारले आप्रवासी कामदारहरुलाई पनि आफ्नै नागरिक सरह निःशुल्क उपचार गर्ने र स्वास्थ्य उपचार पनि भरपर्दो रहेकोले आत्तिनु पर्ने अवस्था नरहेको राजदूत सिंहले जानकारी दिए ।
कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न साउदी सरकारले शनिबारबाट ठूलो संख्याका नेपाली कामदार रहेका जेद्धाका विभिन्न भागमा २४ घण्टे कर्फ्यू जारी गरेको छ । कफ्र्यूको आदेशलाई पूर्ण पालना गर्न दूतावासले नेपाली समुदायलाई आग्रह गरेको छ । साउदीले आवासीय परिचयपत्र (अकामा) को म्याद सकिएका कामदारको अकामा अवधि तीन महिनाका लागि नवीकरण हुने निर्णय गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies