गुल्मी : गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका छन् । उनी भारतबाट शनिवार बिहान मात्र आइपुगेर क्वारेन्टाइनमा बसेका थिए ।
साँझ परेपछि शौचालय जान्छु भनेर नजिकैको झाडीतर्फ गएका उनी धेरै बेरसम्म नआएपछि खोजी गर्दा २ सय मिटर टाढाको रूखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
कोरोना संक्रमण भएको आशंकाले उनको शव व्यवस्थापनमा चुनौती देखिएको छ । आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । परियार अरू छ जनासँगै दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा तीस जना थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies