रबिन्द्र यादव/मध्यान्ह
नवलपरासी पश्चिम : डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । डा. राउत र सरकार बीच ११ बुँदे सहमती र राउतको नेतृत्वप्रति असन्तुष्ट बनेका उनको ‘दायाँ हात‘ मानिने पार्टीका केन्द्रीय सदस्य कैलाश महतोसहित ७ जना केन्द्रीय सदस्यले सामुहिकरुपमा पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोष्णा गरेका हुन् ।
पार्टी परित्याग गर्नेमा नवलपरासीबाट पार्टीका केन्द्रीय सदस्य कैलाश महतो, धुव्र प्रसाद गौड, राजमित पासवान, कपिलबस्तुका हकिकुल्ला मुसलमान, सिरहाकी सतिला यादव, बाराका दिनेश प्रसाद यादव, पर्साका संजय कुमार साह रहेका छन् ।महतो राउतद्धारा गठित तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका सह–संयोजक पनि थिए ।
पार्टी परित्याग गरेकाहरुले डा. राउतले मधेशको हकहितमा आवाज बुलन्द नगर्ने बरु उल्टै नेकपा नेतृत्व सरकारको वकालत गर्दै मधेशका एजेण्डालाई पनि बिर्सिदै गएकोे र आफनो एकल मनोमानी ढंगबाट पार्टी चलाउने गरेको आरोप लगाएका छन् । राउतको नेतृत्व र कार्यप्रति असन्तुष्ट ७ जना केन्द्रीय सदस्यहरुले पत्रकार सम्मेलनमार्फत पार्टी परित्याग गरेको पार्टीका केन्द्रिय सदस्य कैलाश महतोले जानकारी दिए । ‘ आजदेखि हामी राउतजीको पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेका छौं’, महतोले भने, ‘ अब कुन बाटो अपनाउने भन्नेबारेमा साथिहरुसंग छलफल गरि सार्वजनिक समेत गर्ने छौं ।’
त्यस्तै जनमत पार्टीको जिल्ला कार्यसमितिले पनि पार्टीबाट सामुहिक राजिनामा दिएको छ । पार्टीका होनहार र योगदान गर्ने नेताहरुले पार्टी परित्याग गरेको देखेर पार्टीका जिल्ला अध्यक्ष श्रीकृष्ण यादवको नेतृत्वमा गठित २३ सदस्यीय कार्यसमितिका २ जनाबाहेक २१ जनाले सामुहिक राजिनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । जिल्लाका कार्यसमितिका ति पदाधिकारी तथा सदस्यहरु पनि डा. राउतको नेतृत्वप्रति असन्तुष्ट र जनमतले मधेशको भलो नहुने भन्दै पार्टीबाट सामुहिक राजिनामा दिएका हुन् ।
पार्टीको केन्द्रीय सदस्य रहेका कैलाश महतो, राजमती पासवान र ध्रुव प्रसाद गौडद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा डाक्टर राउत पार्टी भित्र एकल तानाशाह, अहंकार, घमण्ड गर्ने र पार्टीभित्रै गुट–उपगुट गरि तत्कालिन स्वतन्त्र मधेश गठबन्धको मधेश आन्दोलनमा योगदान गर्ने जेलनेल काटने वास्तविक कार्यकर्ताहरुलाई पाखा लगाउदै आफ्नो नजिकका व्यक्तिहरुलाई पार्टीमा उच्च स्थान दिई भर्ति केन्द्र बनाएको उल्लेख छ । यता पार्टीका सदस्य बालगोविन्द चौधरीको नेतृत्वमा जनमत पार्टीले भने जिल्लामा विभिन्न गतिविधि गर्दै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies