महोत्तरी : अवैधरुपमा १८ लाख नेपाली रुपैयाँ बोक्दै हिंडेका तीन जनालाई प्रहरीले महोत्तरीको भोल्ही गाँउबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका दुईका संजय कुमार साह, जयकुमार साह र वडा नम्बर १ का रोहित कुमार साह रहेका छन् ।
प्रहरीले संजयको साथबाट ३ लाख ५० हजार जय कुमारको साथबाट ५ लाख ५० हजार र रोहितको साथबाट ९ लाख रुपैया बरामद गरेको छ । उनीहरुलाई मनरासिस्वा नगरपालिका दुईको भोल्ही गाँउबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुले बोकेको रकमको श्रोतका बारेमा अनुसन्धान भैरहेको प्रदेश प्रहरी कार्याय जनकपुरका प्रहरी उपरिक्षक जयराज सापकोटाले जानकारी दिए ।
जलेश्वरबाट सम्सी तर्फ जादै गरेको प्रदेश दुई ०३–४०९७ र ज ११ प ८१०८ नम्बरको मोटरसाईकललाई भोल्ही सडकमा चेकजाँच गर्दा अवैध नेपाली रुपैयाँसहित तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई अवैध वितिय कारोवार मुद्दामा कारबाही अघि बढाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies