गौरीशंकर जयसवाल/मध्यान्ह
परासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नं. १६ चौपत्तामा एक फेन्सी पसलमा आगलागी हुँदा फेन्सी कपडाहरु पूर्णरुपमा जलेर नष्ट भएको छ । बर्दघाट नगरपालिकाको वडा नं. १४ चौपत्तास्थित गांगबस्तीमा रहेको यूनिक फेन्सी पसलमा गएराति बिजुली सर्ट भएर आगलागी हुँदा फेन्सी पसलमा रहेकोे फेन्सी कपडा पूर्णरुपमा जलेर नष्ट भएको हो ।
बर्दघाट नगरपालिका वडानं १५ का वडाअध्यक्ष बलबहादुर बलालको चौपत्तामा रहेको गंगाबस्ती चोकमा रहेको घरमा प्रदीप पाण्डेले युनिक फेन्सी कक्लेकशनका सचालन गरेको पसलमा आगलागीं हुँदा फेन्सी कपडा पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी एवं सुचना अधिकारी राजु लामाले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट दश लाख बराबरको क्षति भएको छ । स्थानीयबासी र प्रहरीको सक्रियातामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies