काठमाडौं : नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो ९६औं शाखा काठमाडौं जिल्लाको काँडाघारीमा संचालनमा ल्याएको छ । बैंकले २०७७, आषाढ १५ गतेबाट काठमाडौं जिल्लाको काँडाघारीमा शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो ।
उक्त शाखाको औपचारिक समुद्घाटन बैँकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले गरेका छन् । बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो ।
साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन ।
काँडाघारी शाखा सहित बैंकले ९६ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies