काठमाडौं : वैदेशिक रोजगार विभागमा करिब दुई सय व्यवसायी ईजाजतपत्र नवीकरणका लागि पुगेका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बन्द रहेको विभाग गत असार एक गतेदेखि खुला भएको हो । विभागले सोही दिनदेखि संस्था नवीकरण शुरु गरेको हो ।
कार्यालय खुलेको १५औं दिन अर्थात् सोमबारसम्म ८ सय ५४ व्यवसायीहरु मध्ये १ सय ८२ मात्र नवीकरणका लागि पुगेका छन् । नवीकरणका लागि विभागले अघिल्लो आर्थिक वर्ष २०७५/०७६को आय विवरण बुझाएको भरपाई वा आयकर दाखिल गरेको प्रमाण, पछिल्लो दुई आर्थिक वर्ष (आ.व. २०७५/०७६ र आ.व. २०७६/०७७) मा प्रत्येक वर्ष कम्तीमा एकसय जना कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणित हुने वैदेशिक रोजगार नियमावलीको नियम ८ (क१) अनुसारको कागजात नगद धरौटी र बैंक ग्यारेन्टीको प्रतिलिपि समावेश गराउन भनेको छ ।
आ.व. २०७५/०७६ र आ.व. २०७६/०७७ मा एकसय जना कामदार वैदेशिक रोजगारीमा पठाउन नपाएका म्यानपावर व्यवसायीहरुले मन्त्रिपरिषद्बाट वाधा अड्काउ आदेश जारी भई ईजाजतपत्र नवीकरणको बाटो खुल्ने भन्दै उत्साहका साथ मन्त्रिपरिषद्को निर्णयको प्रतिक्षा गरिहरेको बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies