काठमाडौंः भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।
तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको छ ।
केजरीवाल एक दशकअघि भ्रष्टाचार विरोधी अभियानकर्ताका रूपमा सत्तामा आएका थिए र उनको प्रतिष्ठाले उनलाई मोदीका प्रमुख प्रतिद्वन्द्वीहरू मध्ये एकको भूमिका प्रदान गरेको छ । राजधानीका लाखौँ गरिब बासिन्दालाई व्यापक पानी र बिजुली अनुदान दिएर उनको लोकप्रियता बढेको छ ।
्