२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

जापानको औद्योगिक उत्पादनमा उल्लेखनीय सुधार

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते ०७:३२
जापानको औद्योगिक उत्पादनमा उल्लेखनीय सुधार

काठमाडौँ : जापानको औद्योगिक उत्पादनमा पछिल्लो समय ०.५ प्रतिशतको वृद्धि देखिएको छ, जुन दुई महिनापछि आएको पहिलो सुधारका रूपमा अथ्र्याइएको छ । यो विवरण जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा आधारित छ ।

मौसमी समायोजन गरिएको औद्योगिक सूचकांक १०१.८ पुगेको जनाइएको छ । यस वृद्धिमा विशेष गरी उत्पादन उपकरण र सवारीसाधनसम्बन्धी उद्योगहरूको महत्त्वपूर्ण भूमिका रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

कार निर्माणका ढाँचा, उत्खनन मेसिन तथा यात्रुवाहक सवारीसाधनहरूमा बढ्दो मागले उत्पादनमा सकारात्मक प्रभाव परेको देखिएको छ । पन्ध्र वटा प्रमुख उद्योग समूहमध्ये नौ मा उत्पादन वृद्धि, पाँचमा गिरावट र एक मा स्थिरता देखिएको छ ।

मन्त्रालयले समग्र औद्योगिक गतिविधिलाई “सुधारको संकेत दिँदै स्थायित्वतर्फ उन्मुख” भनी मूल्यांकन गरेको छ । तर, सवारीसाधन बाहेकका यातायात उपकरणहरूमा १६.३ प्रतिशतले गिरावट आएको छ, जुन हवाई जहाजका उपकरणहरूमा घट्दो मागका कारण भएको बताइएको छ ।

रासायनिक उद्योगमा उत्पादन ५.१ प्रतिशतले घटेको छ, जसको मुख्य कारण निर्धारित मर्मतकार्य रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, विद्युतीय उपकरण तथा पुर्जाहरूको उत्पादनमा पनि ३ प्रतिशतको कमी देखिएको छ ।

मन्त्रालयले केही उद्योगहरूमा संयुक्त राज्य अमेरिकाको भन्सार नीतिले प्रभाव पारेको भन्दै, उत्पादन तथा आपूर्तिमा त्यसको असर देखिन थालेको प्रति चासो व्यक्त गरेको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise