काठमाडौं : साउदी अरबले कोरोना संक्रमणका कारण समस्यामा परेका र स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका नेपालीलाई बहिर्गमन भिसा दिन शुरु गरेको छ । साउदीस्थित नेपाली दूतावासको पहलमा साउदी अरबले बहिर्गमन भिसा दिन थालेको हो । यसबाट विभिन्न कारणले बहिर्गमन भिसा नपाएका र दूतावासमा आफ्नो विवरण टिपाएका नेपालीलाई लाभ पुग्ने देखिएको छ ।
साउदीमा कम्पनीमा काम गर्दा साउदी आवासीय अनुमति पत्र (अकमा) नबनाउन नपाएका र अकामा बनाएकाहरुको पनि नवीकरण नहुँदा बहिर्गमन भिसा नपाएका तर स्वदेश फर्कनै पर्ने बाध्यतामा रहेका नेपालीहरुलाई स्वदेश फिर्तीका लागि दूतावासले साउदी सरकारसँग पटक–पटक अनुरोध गर्दै आएको थियो । बहिर्गमन भिसा लिन बाँकी रहेका, अकमा नभएका, हुरुव लगाएका र अकमा नवीकरण नभएका श्रमिकको लागि फेरि अर्को सूचना जारी गरेर विवरण संकलन गरिने नेपाली दूतावासले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies