२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

खेलकुदमन्त्री चौधरीको गुनासो- 'बजेट अभाव हुँदा काम गर्न सकिएन'

hardik ivf
मध्यान्ह
२०८१ माघ २५ गते १३:३२
खेलकुदमन्त्री चौधरीको गुनासो- 'बजेट अभाव हुँदा काम गर्न सकिएन'

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । 

शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशासम्बन्धी छलफलमा उनले मन्त्रालयको कूल बजेट एक अर्ब २० वा ३० करोडमा ६० करोड १० औं राष्ट्रिय खेलकुदको लागि छुट्टाएको भन्दै अन्य आयोजनाको लागि बजेट नभएको र नपुग्ने बताए । 

उनले भने, ‘नेपालमा जुनसुकै सरकार आएपनि युवा र खेलकुदका लागि बजेट पर्याप्त हुँदैन । भएको बजेट पनि एउटा खर्च गर्न सकिरहेको छैन । राष्ट्रिय गौरवको योजना तीन वटा थियो । मूलपानी, गिरिजाप्रसाद क्रिकेट रंगशाला विराटनगर, बुद्ध अन्तर्राष्ट्रिय रंगशाला भरतपुर रहेको छ । हामीसँग एक अर्ब २०, ३० करोड रुपैयाँ कूल बजेट छ । त्यसमा ६० करोड रुपैयाँ १०औं खेलकुदको बजेट छ । यस्तो भएपछि उपलब्धि के हुन्छ ।’

यसका साथै, उनले १०औं राष्ट्रिय खेलकुदको बारेमा छलफल भएपनि काम अगाडि बढ्न नसकेको बताए । उनले भने, ‘१०औं राष्ट्रिय खेलकुदका बारेमा छलफल भएको छ । कहाँ-कहाँ समस्या छ पहिचान गरिरहेका छौं । बोर्डबाट समस्या हो भने छलफल गरिसकेका छौं । निर्णय पनि गरिसकेका छौं तर काम अघि बढेको छैन । प्रशासनिक व्यथा यति धेरै अप्ठयारो हुँदोरहेछ, बजेट मात्र भएर काम गर्न नसकिने कुरा अहिले थाहा भइरहेको छ ।’

सोही क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मंसिर २१ गते बसेको परिषद्को बैठकले चैत्र २३ देखि ३० गतेसम्म १० औं राष्ट्रिय खेलकुदको लागि मिति तोकेपनि काम नभएको बताए । उनले भने, ‘मंसिर २१ गते बसेको परिषद्को बैठकले गरेको निर्णय चैत २३ देखि ३० एसईई पछि ११ र १२ को परीक्षा भन्दा अगाडिको मिति तय गरेका थियौं । मंसिर २१ गते परिषद्को बैठक बसेको आज माघ २५ सम्म आइपुग्दा करिब दुई महिनाभन्दा बढी भइसक्यो केही भएको छैन ।’

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले १०औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन पनि दिएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise