२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

महिला टी-२० आई शृंखलाको उपाधि थाइल्यान्डलाई, नेपाल जितविहीन

hardik ivf
मध्यान्ह
२०८१ माघ २५ गते १५:२३
महिला टी-२० आई शृंखलाको उपाधि थाइल्यान्डलाई, नेपाल जितविहीन

काठमाडौं : काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-२०आई शृंखलाको उपाधि थाइल्यान्डले जितेको छ ।

थाइल्यान्डले ६ मध्ये ५ खेलमा जित निकालेको थियो । एक खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । श्रृंखलामा नेपाल भने जितविहीन बनेको छ । नेपालले खेलेका सबै ६ खेलमा हार व्यहोरेको हो । 

शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भयो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । 

यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन बनायो । सम्झना खड्काले सर्वाधिक १७ रन बनाएको इनिङ्समा कविता जोशीले १४ तथा राजमति ऐरीले १७ बलमा अविजित ११ रन बनाइन् । 

यसअघि नेपाल नेदरल्यान्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्यान्डसँग ४ विकेट र ५ रनले पराजित भएको थियो । नेदरल्यान्ड्स ८ अंकसहित दोस्रो भएको छ । 

ADV

सम्बन्धित खबर

Advertise